दफा ४१
नगद धरौटीमा छाडन वा हिरासतमा राख्न सकिने
(१) दफा ४० को उपदफा (३) बमोजिम पेश भएको व्यक्ति तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिएमा भन्सार अधिकृतले निजलाई यस ऐन बमोजिम हुनसक्ने कैद र जरिबाना बापतंको रकम र बिगो समेत असुल गर्नु पर्नेमा कायम हुन सक्ने बिगो बराबरको रकम समेतको नगद धरौटी लिई तोकिदिएको समय र स्थानमा हाजिर हुने गरी छाड्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम माग भएको नगद धरौटी पेश गर्न नसक्ने व्यक्तिलाई त्यस्तो नगद धरौटी भन्सार कार्यालयमा दाखिला नगरेसम्म निजलाई हिरासतमा राखिनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो व्यक्तिलाई नगद धरौटीमा छाड्दा निजले प्रमाण लोप गर्न सक्ने आधार देखिएमा भन्सार अधिकृतले कारण खोली त्यस्तो व्यक्तिलाई थुनामा राखी कारबाही अगाडि बढाउन सक्नेछ ।
(४) उपदफा (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो व्यक्तिलाई हिरासतमा राख्दा निजलाई यस ऐन बमोजिम हुने कैदको अधिकतम अवधिभन्दा बढी हिरासतमा राखिने छैन ।
(५) उपदफा (१) बमोजिम दण्ड बापतको धरौटी लिँदा एक दिन कैद बराबर तीन सय रुपैयाँका दरले लिनु पर्नेछ ।